कामना सेवा विकास बैंकले यसपालि सेयरधनीलाई लाभांश नदिने भएको छ। बैंकले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बिज्ञापन
कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरण योग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो।बैंकका अनुसार गत आवको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरिएको छ ।
बिज्ञापन
राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिका लागि पेस गर्ने निर्णय बैंकले गरेको छ।








