होमपेज > अस्पतालभित्र औषधि कम्पनीका प्रतिनिधिको प्रवेश निषेध

अस्पतालभित्र औषधि कम्पनीका प्रतिनिधिको प्रवेश निषेध

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

निजामती अस्पतालले औषधि कम्पनीका मेडिकल प्रतिनिधि (एमआर)लाई अस्पताल परिसरभित्र प्रवेशमा निषेध लगाएको छ।

बिज्ञापन

अस्पताल प्रशासनले बुधबार सूचना जारी गर्दै, ड्युटीमा रहेका चिकित्सकहरूसँग भेटघाट गर्न आउने मेडिकल प्रतिनिधिहरूका कारण बिरामीलाई असुविधा हुने र अस्पतालको संवेदनशील वातावरणमा नकारात्मक असर पर्ने देखिएकाले यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ।

प्रशासनले भनिएको छ, “अबदेखि अस्पताल परिसरमा कुनै पनि औषधि कम्पनीका प्रतिनिधिहरू आएर यस्ता कार्य गरेको पाइएमा नियमअनुसार कारबाही गरिनेछ।”

बिज्ञापन

अस्पतालहरूमा औषधि कम्पनीका प्रतिनिधिहरूले चिकित्सकलाई भेटेर आफ्ना उत्पादनको जानकारी दिने, प्रचार गर्नेजस्ता गतिविधि गर्दै आएको पाइन्छ। तर, अस्पतालले यसले स्वास्थ्य सेवा प्रवाहमा बाधा पुग्ने भन्दै प्रतिबन्ध लगाउने निर्णय लिएको हो।

प्रशासनको अनुसार, अस्पताल रोगीहरूको उपचार केन्द्र हो, र त्यहाँ गैर-स्वास्थ्यकर्मी वा व्यवसायिक प्रतिनिधिको अनावश्यक उपस्थितिले बिरामी र सेवा प्रदायक दुवैलाई असर पुर्‍याउने भएकाले यो कदम उठाइएको हो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते