होमपेज > एसीटीमाथि नेपालको शानदार जित, ह्याट्रिकसँगै सन्दीपको पाँच विकेट

एसीटीमाथि नेपालको शानदार जित, ह्याट्रिकसँगै सन्दीपको पाँच विकेट

बिज्ञापन
बिज्ञापन

सन्दीप लामिछानेले पाँच विकेट लिएपछि नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) माथि शानदार जित हात पारेको छ । आज बिहान भएको पहिलो टी–२० अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको हो ।

बिज्ञापन

नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्रै बनाएको हो । नेपालका लागि लामिछानेले सन्दीपले सर्वाधिक पाँच विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिदै ह्याट्रिक गरेका हुन् ।

बिज्ञापन

यसैगरी करण केसीले २ विकेट, रुपेश सिंह, गुल्सन झा र कुशल भुर्तेलले १÷१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ६९ रन बनाए । ३८ बलमा आशिफले ४ चौका र ५ छक्का प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले ३६ रन, आरिफ शेखले २४ र दीपेन्द्रसिंह ऐरीले २१ रनको योगदान गरेका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते