होमपेज > होन्डाको दशैं अफर: ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ योजना सार्वजनिक

होन्डाको दशैं अफर: ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ योजना सार्वजनिक

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपालको लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले बडादशैंको अवसरमा ग्राहकहरूका लागि विशेष योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक गरेको छ। “यो दशैं Best Value रोज्नुहोस्” भन्ने नारासहित ल्याइएको यो योजना २०७९ भदौ ७ देखि २०७९ कार्तिक १४ गतेसम्म देशभरिका सबै अधिकृत होन्डा शोरूमहरूमा लागू हुनेछ।

बिज्ञापन

दशैंतिहारको रमाइलो मौसमलाई लक्षित गर्दै ल्याइएको यस योजनाको मुख्य उद्देश्य गाडी खरिद गर्न इच्छुक ग्राहकहरूलाई उत्कृष्ट मूल्य, सेवा र सुविधा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ। यस योजना अन्तर्गत, ग्राहकहरूले रु. ४ लाखसम्मको नगद छुट सहित विभिन्न लाभहरू प्राप्त गर्न सक्नेछन्। योजनाका अन्य प्रमुख सुविधाहरू – ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, १ वर्षको सडक करमा छुट, पुराना गाडी एक्सचेन्ज गर्दा रु. २५,००० को बोनस, निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स,  लोकप्रिय मोडेलहरूमा उपलब्ध छन् । 

यो अफर होन्डाका लोकप्रिय मोडेलहरू (जस्तै – Honda City, City e:HEV, Elevate, Amaze, City Fifth Generation) मा लागू हुनेछ। नेपालमा होन्डा ब्रान्डको सबैभन्दा भरपर्दो नामको रूपमा स्थापित स्याकार ट्रेडिङ्ग कम्पनीले विगत लामो समयदेखि गुणस्तरीय सवारी साधन र विश्वस्त ग्राहक सेवा प्रदान गर्दै आएको छ। आफ्ना ग्राहकहरूलाई निरन्तर नयाँ, भरपर्दो र मूल्यसम्बद्ध योजनाहरू प्रदान गर्दै आइरहेको स्याकार ट्रेडिङ्गले यो दशैं अफरलाई पनि नवीन पहलको निरन्तरता मानेको छ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते