मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत ऐना पहरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।
बिज्ञापन
गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ ।
बिज्ञापन
बस मर्स्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र थप यात्रुहरू पनि छन् कि भनेर खोजी जारी रहेको छ । बसमा कति यात्री सवार थिए भन्ने यकिन भइसकेको छैन ।








