होमपेज > सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड सम्पन्न

सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड सम्पन्न

बिज्ञापन
बिज्ञापन

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स क्यापिटल लिमिटेडद्वारा संचालित पहिलो खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ को इकाई बाँडफाँड सम्पन्न भएको छ। यो योजना नेपालकै पहिलो २५ प्रतिशतले ओभरसब्स्क्राइब  (over-subscription)  भएको खुलामुखी म्युचुअल फण्ड बन्न सफल भएको छ।

बिज्ञापन

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त यस योजनाको इकाई असार १३ गतेदेखि २७ गतेसम्म सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो। निष्कासन अवधिमा सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत माग गरिएभन्दा बढी दरखास्त प्राप्त भएपछि बाँडफाँडका लागि आवश्यक प्रक्रिया अघि बढाइएको हो।

बिज्ञापन

बाँडफाँड सम्बन्धमा तयार पारिएको तालिका नेपाल धितोपत्र बोर्डमा पेस गरिएकोमा बोर्डबाट कुनै कैफियत नरहेको जनाइएपछि, धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम आज विहान १०ः३० बजे सिटिजन्स क्यापिटलको डिल्लीबजारस्थित कार्यालयमा बाँडफाँड प्रक्रिया सम्पन्न गरिएको हो।

बाँडफाँड कार्यक्रममा योजना व्यवस्थापक, कोष प्रवर्धक, CDSC  का प्रतिनिधि तथा केही लगानीकर्ताहरूको पनि उपस्थिति रहेको थियो। बाँडफाँडको नतिजा सिटिजन्स क्यापिटल लिमिटेड र CDS & Clearing लिमिटेडको वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ। सिटिजन्स क्यापिटल लिमिटेडले यस ऐतिहासिक सफलता प्रति सम्पूर्ण लगानीकर्ता, सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था, नियामक निकाय, सञ्चारकर्मी र सरोकारवालाप्रति आभार प्रकट गरेको छ। संस्थाले भविष्यमा पनि म्युचुअल फण्ड तथा वित्तीय सेवा क्षेत्रमा नवीनतम अभ्यास र सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

बिज्ञापन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा विभिन्न प्रतिष्ठित व्यवसायीहरूको सह(लगानी रहेको छ। कम्पनीले हाल देशभरका सिटिजन्स बैंक शाखामार्फत पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते