एनआईसी एशिया लघुवित्तले स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बिज्ञापन
संस्थाको बराहक्षेत्र शाखाको आयोजना तथा एन्जल फाउन्डेशनको प्राविधिक सहयोगमा बराहक्षेत्र–२, सुनसरीको आदर्श माविमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा ८८ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।
बिज्ञापन
कार्यक्रममा शाखा प्रमुख मनोज राई, जन प्रतिनिधि दिपक राई, एन्जल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत जय सिंह राजबंशी लगायतले हृदयघात, सर्पदंश, जलन, कुकुरको टोकाइ, पानीमा डुब्ने तथा करेन्ट लागेपछि गरिने प्राथमिक उपचारका सम्बन्धमा जानकारीमुलक प्रस्तुति दिएका थिए ।
पाइल्स, फिसर, फिस्टुला जस्ता रोगको रोकथाम तथा उपचारका विषयमा पनि जानकारी दिनुका साथै वित्तीय सचेतनाका विषयमा छलफल भएको थियो ।








