होमपेज > करेन्ट लागेर दुई जना कृषकको मृत्यु

करेन्ट लागेर दुई जना कृषकको मृत्यु

बिज्ञापन
बिज्ञापन

रौतहटमा विद्युतीय मोटर मार्फत खेतमा सिंचाई गर्ने क्रममा करेन्ट लागेर दुई जना कृषकको मृत्यु भएको छ ।

बिज्ञापन

माधवनारायण नगरपालिका–४ विसुनपूर्वा मानपुरका ४० बर्षीय रामबाबु मुखियाँ र कटहरिया नगरपालिका–२ जमुनियाका ५२ बर्षीय मोक्तार देवानको मृत्यु भएको हो ।

बिज्ञापन

धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जोडने क्रममा करेन्ट लागेर दुबै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
धान रोपाइँका लागि खेतमा सिंचाई गर्ने विद्युतीय मोटर जडानका बेलामा करेन्ट लागेर छुट्टाछुट्टै स्थानमा दुई जना कृषकको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले बताए ।

यहा आकाशे बर्षा नहुदा विद्युतीय मोटर मार्फत खेतमा सिंचाई गरि अधिकाश कृषकले धान रोपाइँ गरेका छन । तर असावधानीका कारण करेन्ट लागेर ज्यान जाने गरेको डीएसपी कार्कीको भनाइ छ । करेन्ट लागेर अचेत भएका दुबै जनालाई स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

बिज्ञापन

देवानको गए राति करेन्ट लागेको र गरुडामा रहेको ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेको मुखियाको भने प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । मृतक दुवै जनाको शव प्रादेशकि अस्पताल गौरमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते