होमपेज > कुमारी बैंकले बचत खातामा दिँदै आएको बीमा सुविधा स्थगित गर्ने

कुमारी बैंकले बचत खातामा दिँदै आएको बीमा सुविधा स्थगित गर्ने

बिज्ञापन
बिज्ञापन

कुमारी बैंकले आफ्ना विभिन्न बचत खातामा दिँदै आएको बीमा सुविधा स्थगित गर्ने भएको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको श्रावण ३१ गतेपछि केही खातामा प्रदान गरिँदै आएको बीमा सुविधा बन्द गर्ने निर्णय लिएको जानकारी दिएको हो।

बिज्ञापन

बैंकले हालसम्म परिवार सुरक्षा बचत खाता, कुमारी प्रिमियम तलब खाता, र कुमारी रेमिट प्रिमियम खाता जस्ता विशेष खातामार्फत ७ लाखदेखि २६ लाख रुपैयाँसम्मको बीमा सुविधा दिँदै आएको थियो। यी खाताहरूमा भने बीमा सुविधा यथावत् कायम रहनेछ।

बिज्ञापन

तर, ती खाताबाहेक अन्य सबै खाताहरूमा २०८२ सालको श्रावण ३१ गतेपछि बीमा सुविधा लागू नहुने स्पष्ट गरिएको छ। साथै, असार १७ गतेपछि खोलिएका नयाँ खाताहरूमा बीमा सुविधा समावेश नहुने बैंकले जनाएको छ। बैंकले स्पष्ट पारे अनुसार, बीमा सुविधामा पहिल्यै समावेश भइसकेका ग्राहकहरूले भने श्रावण ३१ गतेसम्मको स्वास्थ्य उपचार खर्चको बिल पेश गरी बीमा दाबी गर्न सक्नेछन्।

बैंकले बीमा सुविधा स्थगनको कारण भने खुलाएको छैन, तर आगामी दिनमा बीमा योजना पुनरावलोकन गर्दै थप व्यवस्थित र लक्षित योजनाहरू ल्याउने संकेत गरिएको छ। बैंकले ग्राहकहरूलाई सूचित रहन र आवश्यक जानकारीका लागि नजिकको शाखा वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते