होमपेज > विश्वकप लिग २ क्रिकेट: आज नेपाल र नेदरल्याण्ड्सबीच भिडन्त

विश्वकप लिग २ क्रिकेट: आज नेपाल र नेदरल्याण्ड्सबीच भिडन्त

बिज्ञापन
बिज्ञापन

स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह ३:४५ देखि डुन्डीमा सुरु हुनेछ ।

बिज्ञापन

नेपालले यस सिरिजमा यसअघि खेलेका तीन मध्ये २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसविरुद्ध ५ विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा स्कटल्याण्डविरुद्ध २ रनको झिनो अन्तरको हार बेहोरेको थियो ।

बिज्ञापन

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने नेदरल्याण्डसले पनि ३ खेलनै जितेको छ । हाल लिग-२ को अंक तालिकामा नेपाल १५ खेलमा १० अंकसहित सातौं स्थानमा रहेको छ । नेपालले १५ खेलमा ४ खेल जितेको छ भने ९ खेलमा हार बेहोरेको छ र २ खेलको नतिजा आएको छैन । त्यस्तै नेदरल्याण्डसको २२ खेलमा २६ अंक रहेको छ र हाल दोस्रो स्थानमा रहेको छ ।

 

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते