हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बिज्ञापन
कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने निर्णय गरेको कम्पनीले बताएको छ ।
बिज्ञापन
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ।







