होमपेज > जिप दुर्घटना, ६ जना घाइते

जिप दुर्घटना, ६ जना घाइते

बिज्ञापन
बिज्ञापन

पाल्पाको निस्दी गाउँपालिका –४, लामेदमारमा जिप दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । जिपमा सवार १६ जना मध्ये ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

अरुणखोलाबाट मित्यालतर्फ आउँदै गरेको लु १ ज २६४९ नम्बरको जिप शुक्रबार अपरान्ह दुर्घटना भएको थियो । घाइते हुनेहरुमा निस्दी गाउँपालिका –४, झ्याल्टुङ्गका ३९ वर्षीय धनसरी बयम्बु, सोही स्थानका ३० वर्षीय पुष्पा राई, उहाँको छोरा तीन वर्षीय अभिसेक राई, नौ वर्षीय साजन राई, निस्दी गाउँपालिका –७ का ४० वर्षीय गुनबहादुर सोमै र विजयनगर गाउँपालिका –१ कपिलवस्तु बस्ने –५३ वर्षीय टेकबहादुर खण्डलुक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

बिज्ञापन

उहाँका अनुसार घाइतेमध्ये बयम्बुको अवस्था गम्भीर रहेको छ । एक जनाको मध्यम र अन्यको चारको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई उपचारको लागि अरुणखोला पठाइएको उहाँले बताउनुभयो । उकालोमा सडकमा जिप व्याक भएर दुर्घटना भएको प्रहरीको भनाइ छ । जिप सडकबाट २० मिटर तल खसेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते