होमपेज > वर्ल्डलिंकले बनायो एकैपटक ६ क्रिकेटरलाई ब्रान्ड एम्बेसडर

वर्ल्डलिंकले बनायो एकैपटक ६ क्रिकेटरलाई ब्रान्ड एम्बेसडर

बिज्ञापन
बिज्ञापन

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले राष्ट्रिय टोलीका ६ जना क्रिकेट खेलाडीलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

बिज्ञापन

कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यस्तो घोषणा गरेको हो । नयाँ ब्रान्ड एम्बेसडरहरूमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी छन् ।

बिज्ञापन

खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तीकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएको कम्पनीले जनाएको छ । सम्झौतामा वर्ल्डलिंकका तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले हस्ताक्षर गरेका छन् ।

नेपालमा पहिलोपटक एउटै कम्पनीले एकैसाथ ६ जना ब्रान्ड एम्बेसडर अनुबन्धन गर्ने ऐतिहासिक कार्य वर्ल्डलिंकले गरेको हो, जसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने कम्पनीले जनाएको छ ।

बिज्ञापन

समारोहमा कार्यकारी निर्देशक अग्रवालले किक्रेटरलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । ‘६ जना क्रिकेट खेलाडीहरू प्रतिबद्धता, धैर्य, टिमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक हुन्, जुन गुण वर्ल्डलिंकको दृष्टिकोण र मूल्यसँग पूर्णरूपमा मेल खान्छ,’ उनले भने, ‘उहाँहरूले लाखौं नेपालीको सपना र आकांक्षाको प्रतिनिधित्व गर्नुहुन्छ र उहाँहरूलाई वर्ल्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित छौं ।’

यस सहकार्यले ब्रान्डलाई थप ऊर्जावान बनाउने र देशका विभिन्न भागमा रहेका समुदायसँग सम्बन्ध अझ गाढा बनाउने उनको भनाइ छ । यस्तै सीईओ नेपालले वर्ल्डलिंकले खेलकुदलाई समर्थन गर्दै आएको बताए । ‘नेपालमा क्रिकेटप्रतिको माया दिनप्रतिदिन बढ्दो छ । वर्ल्डलिंक सधैं खेलकुदलाई समर्थन गर्दै नयाँ प्रतिभालाई अघि ल्याउन समर्पित रहँदै आएको छ,’ उनले भने, ‘गत वर्ष हामीले ‘िबट द स्पिड अभियान सुरु गर्‍यौं, जसले नेपालभित्र लुकेका तीव्र गतिका बलरहरूलाई खोज्ने प्रयत्न गर्‍यो र हामी गर्वका साथ घोषणा गर्छौं कि यसको दोस्रो सिजन चाँडै नै आउने छ ।’

यो सहकार्य केवल ब्रान्ड प्रवर्द्धन नभएर जनताको भावना र गौरवसँग जोडिएको उनी बताउँछन् । सन् १९९५ मा स्थापना भएको वर्ल्डलिंक नेपालकै सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो । देशभर १० लाखभन्दा बढी घरपरिवारमा इन्टरनेट सेवा पुर्‍याउँदै आएको यस कम्पनीले उच्च गतिको ब्रोडब्यान्ड र व्यावसायिक सेवा ७७ जिल्लामा प्रदान गर्दै आएको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते