होमपेज > ‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने एक जना पक्राउ

‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने एक जना पक्राउ

बिज्ञापन
‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने एक जना पक्राउ
बिज्ञापन

‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

पक्राउ पर्नेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका-४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार गत आइतबार राति पौडेल पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित रहेको ढावा रेष्टुरेन्ट एन्ड बारमा पुगेका थिए । त्यहाँ उनले विभिन्न खानेकुरा अर्डर गरेर खाएका थिए ।

बिज्ञापन

तर, पैसा तिर्ने बेलामा भने ‘म प्रहरीको डीएसपी हुँ भन्दै धाकधम्की दिई काउन्टरमा रहेको कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । यसबारे प्रहरी कन्ट्रोलमा सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको थियो ।

उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते