होमपेज > राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता

बिज्ञापन
बिज्ञापन

दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सुरुमा ३ वटा मुद्दामा अनुसन्धान गर्ने भएको छ । प्रहरीको कसुर दर्ता किताबमा अहिले उनीबिरुद्ध ३ वटा कसुर दर्ता गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को अनुसूची ७ अन्तर्गत प्रहरीले कसुर दर्ता गरेर अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने कानुनी व्यवस्था छ ।

बिज्ञापन

प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिने काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । उनले भने– ‘अनुसन्धान गर्दै जाँदा उहाँविरुद्ध अन्य कसुर पनि आकर्षित हुनसक्छ ।’

बिज्ञापन

फौजदारी कार्यविधि संहिताअनुसार सरकार बादी भएर अदालतमा दर्ता हुने मुद्दा सुरुमा कसुर दर्ता किताबमा दर्ता गरेर अनुसन्धान अघि बढाइन्छ । प्रसाईं विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार नै प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुर दर्ता गरेको थियो ।

चैत १५ मा उनले चलाएको गाडीले प्रहरीलाई नै किच्ने गरी दौडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीलाई किच्न खोजेको आरोप छ । प्रहरी प्रधान कार्यालयको दाबी अनुसार प्रसाईं र उनका सुरक्षा गार्ड शुक्रवार बिहान झापाको भद्रपुरबाट पक्राउ परेका हुन् ।

बिज्ञापन

तर, प्रहरी स्रोतका अनुसार प्रसाईंलाई भारतको आसामबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो । चैत १५ मा तीनकुनेमा अवाञ्छित गतिविधि गरेपछि फरार भएका थिए । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले पूर्व राजाको पक्षमा आयोजना गरेको प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए । प्रदर्शनकारीले गरेको तोडफोडबाट निजी सम्पत्तिमा क्षति पुगेको छ ।

प्रदर्शनमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रमुख नवराज सुवेदी पनि सहभागी थिए । सुवेदीलाई गौरीघाटस्थित घरमै नजरबन्द गरिएको छ ।

-यो पनि पढ्नुहोस्:

आन्दोलनपछि फरार राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते