होमपेज > नेपाल धितोपत्र बोर्डद्वारा ब्रोकर कम्पनी मर्जरका लागि नयाँ निर्देशिका जारी

नेपाल धितोपत्र बोर्डद्वारा ब्रोकर कम्पनी मर्जरका लागि नयाँ निर्देशिका जारी

बिज्ञापन
बिज्ञापन

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ।
बोर्डले शुक्रवार आफ्नै वेबसाइट मार्फत उक्त निर्देशिका जारी गरेको हो।

बिज्ञापन

निर्देशिका जारी भएसँगै अब कुनैपनि ब्रोकर कम्पनी मर्जर वा प्राप्तिको लागि योग्य हुने छन्। निर्देशिका अनुसार कुनैपनि ब्रोकर कम्पनीले मर्जरमा जाने भए सबैभन्दा पहिले सैद्धान्तिक सहमतिको लागि संयुक्त रुपमा अनुसूची–१ बमोजिम निवेदन दिनु पर्नेछ।

बिज्ञापन

निवेदन दिए पश्चात् बोर्डले उक्त निवेदन उपर जाँचबुझ गर्ने छ। जाँचबुझ गर्दा सैद्धान्तिक सहमति प्रदान गर्न बोर्डले उपयुक्त हुने देखेमा १५ कार्य दिन भित्र त्यस्ता धितोपत्र व्यवसायीलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन आवश्यक सर्त तोकी सैद्धान्तिक सहमति दिनेछ।

सैद्धान्तिक सहमति प्रदान गर्न नसकिने देखिएमा त्यस्तो सैद्धान्तिक सहमति प्रदान नगर्ने भनी बोर्डबाट निर्णय भएको मितिले सात कार्य दिनभित्र सोको कारण समेत खुलाई निवेदकलाई जानकारी दिनेछ।

बिज्ञापन

धितोपत्र व्यवसायीले गाभ्ने/गाभिने वा प्राप्ति गर्ने कार्य प्रारम्भिक सम्झौता भएको छ महिनाभित्र सम्पन्न गरिसक्नु पर्ने निर्देशिकाले व्यवस्था गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते