होमपेज > यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडद्धारा रोमाञ्चक ट्रफी टुर र स्कूटर र्‍यालीको आयोजना

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडद्धारा रोमाञ्चक ट्रफी टुर र स्कूटर र्‍यालीको आयोजना

बिज्ञापन
बिज्ञापन

काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले रोमाञ्चक ट्रफी टुर र स्कूटर र्‍यालीको आयोजना गरेको छ। उक्त एनएसएल सिजन ३ को र्‍यालीको उत्साहजनक सुरुवात गरेका हो। कार्यक्रमले काठमाडौं रेजर्सको सिजन १ च्याम्पियनशिप जितलाई पनि सम्मान गर्‍यो। उक्त र्‍यालीले यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडका फ्यानहरूलाई उनीहरूको मनपर्ने टोली र खेलको नजिक ल्याएको छ।

बिज्ञापन

नक्सालस्थित यामाहा ब्लू स्क्वायरबाट सुरु भएको र्‍याली बसन्तपुर र काठमाडौँका प्रमुख स्थान हुँदै यामाहा ब्लू स्क्वायरमै आएर समापन भएको कम्पनीले जनाएको छ। उत्साही राइडर, फ्यान र टिमका समर्थकहरू सामेल भएको भव्य र्‍यालीमा फुटबलको स्पिरिट र यामाहाको नेपाली खेलकुदप्रतिको प्रतिबद्धता स्पष्ट तरिकाले प्रदर्शन भएको थियो।

बिज्ञापन

र्‍यालीपश्चात् यामाहा ब्लू स्क्वायरमै यामाहाले एनएसएल सिजन ३ मा काठमाडौं रेजर्सको एनएसएल सिजन ३ को यात्राको सुरुवात गर्दै टिमको आधिकारिक जर्सी अनावरण गरेको थियो। अभिनेत्री प्रियङ्का कार्की, यामाहा रेजेडआर १२५ एफआईका ग्राहक र मिडियाको उपस्थितिमा गरिएको अनावरण कार्यक्रमले युवा संलग्नता, खेलकुद विकास र नवीनतालाई समर्थन गर्ने यामाहाको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ केएमपीएल (एआरएआई–प्रमाणित) माइलेज र एड्भान्स हाइब्रिड प्रविधिको साथ नेपालमै उच्चतम माइलेज प्रदान गर्दछ। यसमा रियल(टाइम डायग्नोस्टिक्सको लागि ओबीडी–आईआई पनि छ जसले प्रत्येक राइड कुशल, भरपर्दो र पर्फर्मेन्स ड्रिभन भएको सुनिश्चित गर्दछ। मैदानमा काठमाडौं रेजर्सजस्तै, रेजेडआर हाइब्रिड पनि प्रदर्शन, दक्षता र विश्वसनीयताको लागि बनेको छ।

बिज्ञापन

एनएसएल सिजन ३ नजिकिँदै जाँदा यामाहा र काठमाडौं रेजर्स उत्साह, जोश र उच्चस्तरीय फुटबल एक्सनले भरिपूर्ण सिजनको लागि तयार छन्। एमएडब्लू अन्तर्गतको यामाहा नेपाल, आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिको लागि परिचित एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो। नेपालमा बलियो उपस्थिति भएको यामाहाले नवीन उत्पादन र असाधारण आफ्टर सेल्स सर्भिसको साथ निरन्तर बजारको नेतृत्व गरिरहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते