होमपेज > काठमाडौंसहित देशका यी भूभागमा वर्षा

काठमाडौंसहित देशका यी भूभागमा वर्षा

बिज्ञापन
बिज्ञापन

काठमाडौंसहित देशका केही भूभागमा बिहीबार वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार दिउँसो गण्डकी, वाग्मती र कोसी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भएको हो।

बिज्ञापन

सबैभन्दा बढी वर्षा लमजुङको राइनास्टारमा मापन गरिएको विभागले जनाएको छ। लमजुङमा पछिल्लो १२ घण्टामा ४०.२ मिमि वर्षा मापन गरिएको विभागका मौसमविद् सरोज पुडाशैनीले जानकारी दिए। त्यहाँ दिउँसो असिना पानी समेत परेको थियो।

बिज्ञापन

‘लमजुङमा मध्यम वर्षा भएको छ। त्यहाँ दिउँसो ३ः१५ बाट वर्षा सुरु भएको थियो। पछिल्लो १२ घण्टामा त्यहाँ ४०.२ मिमि वर्षा मापन गरिएको छ,’ विभागका मौसमविद् पुडाशैनीले भने।

काठमाडौं उपत्यकामा पनि बिहीबार दिउँसोदेखि मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। पछिल्लो १२ घण्टामा नुवाकोटमा १६.६ मिमि, काठमाडौंको ढापड्याममा ६.४ मिमि, दोलखामा ७.२ मिमि वर्षा मापन गरिएको विभागले जनाएको छ। गोरखा, धादिङ पनि हल्का वर्षा भएको छ।

बिज्ञापन

‘काठमाडौंमा पनि बिहीबार दिउँसो हल्का वर्षा भएको छ। काठमाडौंका बिहीबार दिउँसो केही स्थानमा हावाहुरीसहित हल्का वर्षा भएको हो,’ पुडाशैनीले भने।

प्रि–मनसुनमा स्थानीय वायु सक्रिय भएर वर्षा हुने सम्भावना उच्च हुने र यसलाई सामान्य मानिने मौसमविद् गोविन्द झा बताउँछन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते