नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।
बिज्ञापन
आजदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदै छन्। पीएम कपका खेलहरू सिद्धार्थ रङ्गशाला, भैरहवा, देउखुरी क्रिकेट स्टेडियम, दाङ र एक्स्ट्राटेक ओभल, तिलोत्तमामा हुने छन्।
बिज्ञापन
प्रतियोगिताको पहिलो दिन आज सिद्धार्थ रङ्गशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश खेल्दै छन्। यसैगरी एक्स्ट्राटेक ओभलमा बागमती प्रदेश र एपीएफ क्लब तथा देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्ने छन्। खेलहरू सिङ्गल राउन्ड रोबिनका आधारमा खेलाइनेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।
पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन्। नेपाल पुलिस क्लबले तीन पटक तथा एपीएफ र त्रिभुवन आर्मीले दुई–दुई पटक उपाधि जितेका छन्।








