होमपेज > चन्द्रागिरीको कवाड कारखानामा मध्यरातमा आगलागी भएपछि…

चन्द्रागिरीको कवाड कारखानामा मध्यरातमा आगलागी भएपछि…

बिज्ञापन
बिज्ञापन

काठमाडौंको चन्द्रागिरीमा कवाड कारखानामा आगलागी भएको छ।

बिज्ञापन

चन्द्रागिरि नगरपालिका-१० बोसीगाउँस्थित हिराकाजी महर्जनको जग्गा भाडामा लिएर सोही स्थानका पुष्पा श्रेष्ठ र उनका श्रीमान रमेश पोदारले सञ्चालन गरेको आर।एम। बि प्लाष्टिक प्याकेजिङ हाउसमा गएराति १:२० बजे आगलागी भएको थियो। मध्यरातमा लागेको आगो बिहान ६ बजे पूर्णरूपमा नियन्त्रणमा आएको काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए।

बिज्ञापन

आगो निभाउनका लागि ७ वटा दमकल र १५ वटा पानी ट्यांकर पठाइएको थियो। चन्द्रागिरि नगरपालिका, विशाल बजार वारूण यन्त्र, बालाजुको बारूण यन्त्र, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटीको दमकल र बुढानीलकण्ठबाट दमकल बोलाइएको थियो।

आगो निभाउन नेपाल प्रहरीका ३२ जना, सशस्त्र प्रहरीका १० जना स्थानीय परिचालित भएका थिए। सात वटा दमकलबाट पाँच घन्टामा आगो नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए। आगो नियन्त्रणमा आएपछि क्षतिको विवरण संकलन भइरहेको उनले बताए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते