दक्षिण अफ्रिकाको केन्द्रीय प्रान्त फ्रि स्टेटमा बुधबार बिहान दुईवटा सवारीसाधन आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने अन्य कैयौं घाइते भएका छन् ।
बिज्ञापन
राज्य पुलिसले जारी गरेको विज्ञप्ति अनुसार, दुर्घटना स्थानीय समय अनुसार बिहान ४:२० बजे प्रान्तको रेडर्सवर्ग र स्मिथफिल्डको बीचको एन६ सडकमा भएको थियो । त्यहाँ ३५ यात्रु बोकेको बस एक ट्रकसँग ठोक्किएको थियो ।
बिज्ञापन
‘दुई वर्षीया बालिका, ६ जना महिला र तीन पुरुष गरी दश जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ट्रक र बस दुवैका चालक जोगिएका छन्’, प्रहरीले जनाएको छ ।








