सर्लाहीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
बिज्ञापन
मृत्यु हुनेमा सर्लाहीको चक्रघट्ट गाउँपालिका वडा नं २ बेल्हीका ४० वर्षीय अमितकुमार अधिकारी छन् । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हो ।
बिज्ञापन
सोमबार बिआर ३० प १७०३ नंको स्कारपियो सर्लाहीको चक्रघट्ट गाउँपालिका वडा नं २ बेल्हीमा दुर्घटना भएको हो । दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








