होमपेज > च्याम्पियन्स ट्रफी: आज भारत र न्युजिल्याण्ड भिड्दै

च्याम्पियन्स ट्रफी: आज भारत र न्युजिल्याण्ड भिड्दै

बिज्ञापन
बिज्ञापन

च्याम्पियन्स ट्रफी क्रिकेटमा आइतबार समूह ए मा रहेको भारत र न्युजिल्याण्डबीच खेल हुँदैछ । यो खेल दुबईमा दिउँसो २। ४५ बजे शुरू हुनेछ । समूह एबाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।

बिज्ञापन

च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । पाकिस्तानको कराचीमा इङ्गल्यान्डसँग शनिबार भएको खेलमा जीतका लागि एक सय ८० रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २९ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका रस्सी भान सर्वाधिक ७२ रनमा अविजित रहे । हेनरिक क्लासेनले ६४ रन बनाए ।

बिज्ञापन

इङ्गल्यान्डका जोफ्रा आर्चरले दुई र लियाम लिभिङस्टनले एक विकेट लिए । इङ्गल्यान्ड ७ विकेटले पराजित भयो । त्यसअघि टस जितेर इङ्गल्यान्डले ३८ ओभर २ बलमा सबै विकेट गुमाएर एक सय ७९ रनमा बनाएको थियो । जो रुटले सर्वाधिक ३७ रन, जोफ्रा आर्चरले २५ तथा जोस बटलरले २१ रन बनाए ।

दक्षिण अफ्रिकाका मार्को जानसेन र वियान मल्डरले समान तीन विकेट लिए । केशव महाराजले दुई विकेट लिए । जीतसँगै दक्षिण अफ्रिका ५ अङ्कका साथ समुह ‘बी’ को विजेता बन्यो । ४ अङ्क रहेको अस्ट्रेलिया समूहको उपविजेता बन्यो । समूह‘ बीका अफगानिस्तान र इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते