होमपेज > अफ्रिकासँग इंग्ल्याण्ड सात विकेटले पराजित

अफ्रिकासँग इंग्ल्याण्ड सात विकेटले पराजित

बिज्ञापन
बिज्ञापन

आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई सात विकेटले पराजित गरेको छ। पाकिस्तानको कराचीमा भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई पराजित गरेको हो।

बिज्ञापन

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभर पनि खेल्न सकेन। ३८.२ ओभर खेलेको इंग्ल्यान्डले दक्षिण अफ्रिकासामु १८० रनको लक्ष्य प्रस्तुत गर्‍यो। जवाफमा दक्षिण अफ्रिकाले २९.१ ओभरमा तीन विकेट गुमाएर १८१ रन बनाएर जित हासिल गर्‍यो। दक्षिण अफ्रिकाका लागि रस्सी वैन डेर ड्युसेनले ८७ बलमा ७२ रन बनाए। त्यस्तै हेनरिक क्लासेनले ५६ बलमा ६४ रन जोडे। त्यस्तै इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले दुई र स्पिनर आदिल रशीदले एक विकेट लिए।

बिज्ञापन

यसअघि इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। इंग्ल्यान्डका लागि जोय रूटले सर्वाधिक ३७ रन बनाए। उनले ४४ बलको सामना गरेका थिए। दक्षिण अफ्रिकाका लागि मार्को जेनसन र वियान मल्डरले ३–३ विकेट, केशव महाराजले २, लुंगी एनगिडी र कागिसो रबाडाले १–१ विकेट लिए।

यो प्रतियोगितामा इंग्ल्यान्डले आफ्नो तीनवटै म्याचमा हार बेहोर्नुपरेको छ। इंग्ल्यान्डलाई अस्ट्रेलिया, अफगानिस्तान र दक्षिण अफ्रिकाले पराजित गरेको छ। जोस बटलरका लागि इंग्ल्यान्डको तर्फबाट कप्तानका रूपमा अन्तिम म्याचमा थियो। बटलरले एकदिवसीय र टी–२० क्रिकेट टिम छोड्ने घोषणा गरिसकेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते