होमपेज > नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४०औं वर्षमा प्रवेश

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४०औं वर्षमा प्रवेश

बिज्ञापन
बिज्ञापन

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४०औं वर्षमा प्रवेश गरेको छ।

बिज्ञापन

यस ३९औं वार्षिकोत्सव अवसरमा, बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडेले समस्त ग्राहक, संस्थापक, सेयरधनी, सञ्चालक समिति, नियामक निकाय, कर्मचारी र अन्य सरोकारवालाहरूलाई बैंकप्रति देखाइएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बैंकको सफल यात्रामा सबैको महत्त्वपूर्ण योगदान रहेको बताए। यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले बैंकले प्रदान गर्दै आएका वित्तीय सेवाहरूलाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधि अपनाइएको बताउँदै डिजिटल बैंकिङ सेवाहरूलाई थप सशक्त पार्ने प्रतिबद्धता व्यक्त गरे।

बिज्ञापन

उनले ‘समृद्धिको पथमा सँगै अघि बढ्दैु भन्ने नारा लिएको यस बैंकले ग्राहकको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरू प्रस्तुत गरिरहने जानकारी दिए। बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत ७ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरू प्रकाशन गर्दै आएको छ।यस ३९औं वार्षिकोत्सवमा पनि बैकले आफ्नो सातौं संस्करण ‘डिजिटल बैंकिङको जादुु नामक चित्र पुस्तक सार्वजनिक गरेको छ। उक्त चित्रकथाको एउटा महत्त्वपूर्ण उद्देश्य बालबालिकालाई बैंकिङ प्रणाली तथा यसको प्रभावकारी प्रयोगबारे सचेत गराउनु र अर्को उद्देश्य अभिभावकहरूलाई आधुनिक डिजिटल बैंकिङ सेवाहरूको प्रयोग गर्न प्रेरित गराउनु रहेको छ।

३९औं वार्षिकोत्सवमा बैंकले ग्राहकहरू माझ नयाँ बचत खाता ‘नव आयाम बचत खाताु ल्याएको छ। जुन खाता ग्राहकले ३९ रूपैयाँ मौज्दातमै खोल्न सक्नेछन् भने यसमा ९ रूपैयाँमा एनआइएमबी स्मार्ट (मोबाइल बैंकिङ) सुविधा, ३९ रूपैयाँमा भर्चुअल प्रिपेड कार्ड सुविधा, ३९ रूपैयाँमा डेबिट कार्ड सुविधा, ३९ रूपैयाँमा क्रेडिट कार्ड सुविधा र लकर सुविधामा पनि ३९ प्रतिशत छुट पाउनेछन्। बैंकले हाल २८३ शाखा, २६६ एटिएम, ६५ एक्सटेन्सन काउन्टर, ६६ शाखारहित बैंकिङ काउन्टरबाट सेवा प्रदान गरिरहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते