सिन्धुलीमा कारले मोटरसाइकलाई ठक्कर दिँदा २ जना घाइते भएका छन्।
बिज्ञापन
घाइते हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका ५ बस्ने ३० वर्षीय सूर्यप्रसाद आचार्य र जितपुरसिमरा उपमहानगरपालिका-४ बस्ने ३१ वर्षीय लोकनाथ वाग्ले छन्।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका सूचना अधिकारी प्रहरी निरिक्षक सुनिलप्रसाद चौरसियाका अनुसार घाइते आचार्यको अवस्था भने गम्भीर छ। उनीहरु दुवैको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको उनले बताए।
उनले काठमाडौंबाट विराटनगर जाँदै गरेको बीएसी १९७९ नम्बरको कारले कारको ठक्करबाट बर्दिबासबाट काठमाडौं जाँदै गरेको ना ३० प ८३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जानकारी दिए।








