भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
बिज्ञापन
शुक्रबार दिउँसो १ बजेको समयमा कोल्पाकोट आरालोस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीको ठक्करबाट ७३ वर्षीया वृद्धाको मृत्यु भएको हो। मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ पिखेल बस्ने ७२ वर्षीया केकई मग्रराती मगर रहेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए।
बिज्ञापन
दुर्घटनामा परेर घाइते भएकी उनलाई उपचारका लागि काठमाडौं मेडिकल अस्पताल दुवाकोट लगिएको थियो। उपचारका क्रममा दिउँसो २ बजेर २५ मिनेटको समयमा चिकित्सकले उनको मृत्यु घोषणा गरेको हो। उक्त गाडीका चालक भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ५४ वर्षीय इन्द्र नारायण सितखुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
बिज्ञापन








