होमपेज > आज भ्यालेन्टाइन अन्तर्गत ‘चकलेट डे’

आज भ्यालेन्टाइन अन्तर्गत ‘चकलेट डे’

बिज्ञापन
बिज्ञापन

आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट-डे। चकलेट बच्चादेखि वृद्धसम्मको प्रिय खानेकुरा अन्तर्गत पर्छ।

बिज्ञापन

जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा चकलेट उपहारको रूपमा प्रयोग हुने गरिन्छ। विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ। ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ।

बिज्ञापन

आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चकलेट दिएर खुसी बनाउन सकिन्छ। प्रेम सप्ताहको तेस्रो दिन आफूले माया गरेको मान्छेलाई पनि चकलेट दिने चलन छ। चकलेट जस्तै मिठो सम्बन्ध बनोस् भनेर यो दिन चकलेट साटासाट गरेर मनाइन्छ।

सबै चकलेट स्वास्थ्यका लागि फाइदाजनक छन् भन्ने होइन, तर छानेर राम्रो गुणस्तरका चकलेट खाने हो भने यसले धेरै फाइदा गर्छ।

बिज्ञापन

-यस्ता छन् चकलेटका फाइदाहरू:

– चकलेटको सेवनले महिलालाई रजस्वलाको समयमा हुने पीडाबाट राहत दिनुका साथै गर्भवती अवस्थामा शिशुको विकासमा पनि सहयोग गर्छ।

‍- शरीरमा देखिने कोलेस्ट्रोलको मात्रा कम गर्न चकलेट फाइदाजनक मानिन्छ।

–  चकलेटले छालामा निखार ल्याउँछ।

– चकलेटमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइने भएकोले मुटु रोग, क्यान्सरका साथै बुढेसकालमा लाग्ने रोगबाट बचाउन मद्दत गर्छ।

– तथा र डिप्रेसनका बेला चकलेट सेवन गर्नु लाभदायक मानिन्छ।

– डार्क चकलेटमा प्रशस्त एन्टिअक्सिडेन्ट पाइने भएकोले मस्तिष्कको कार्य प्रणालीमा सुधार आउँछ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ।

– चकलेटमा पोटासियम र कपरको मात्राले हृदयाघात हुँदा मुटुको क्षमतालाई कायम राखी रक्तचाप कम गर्नुका साथै धमनी कठोर हुनबाट बचाउँछ।

– चकलेट सेवनले खोकी कम गर्नुका साथै तनावबाट समेत राहत दिन्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते