होमपेज > प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाल घुम्न आएका जापानिज नागरिकको मृत्यु

प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाल घुम्न आएका जापानिज नागरिकको मृत्यु

बिज्ञापन
बिज्ञापन

उदयपुरको बेलका नगरपालिका–८ बोक्ताङमा बुधबार दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना जापानिज नागरिकको मृत्यु भएको छ।

बिज्ञापन

जापानबाट नेपाल घुम्न आएका चार जापानिज नागरिक मध्ये एक जनाको प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गएको हो। ज्यान गुमाउनेमा ७२ वर्षीया जापानिज नागरिक काजी ताकासी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए।

बिज्ञापन

जिल्लाको बेलका नगरपालिका–८ स्थित बोक्ताङ डाँडामा रहेको प्याराग्लाइडिङ स्थलबाट आफै प्याराग्लाइडिङ गरी उडेका उनी सोही स्थानमा रहेको फुटबल ग्राउण्डमा ल्याण्ड गर्ने क्रममा घाइते भएको र तत्काल उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको थियो।

उपचारका लागि तत्कालै घोपा पठाइएकोमा ताकासीको उपचारको क्रममा बुधबार साँझ निधन भएको प्रहरीले जनाएको छ। ताकासीको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते