काठमाडौं पिंक केयरएथन चैत ९ गते हुने भएको छ।
बिज्ञापन
महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले लेजर पोर्ट नेपालले केयरएथन गर्न लागेको हो। केयरएथनमा महिलाको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ।
बिज्ञापन
यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यस पटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयरएथन नाममा आयोजना गर्न लागिएको बताइएको छ।
लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तीन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो।








