होमपेज > सुर्खेतमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

सुर्खेतमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

सुर्खेतमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन्।

बिज्ञापन

ट्रक चालक दैलेखको गुराँस गाउँपालिका–१ का ३१ वर्षीय हिरा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। दुर्घटनामा घाइते भएका पुनको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो।

बिज्ञापन

बिहीबार दिउँसो रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–३ सत्तरीस्थित ना ४ ख ६२६३ नम्बरको बस र विपरीत दिशाबाट आएको कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किएका थिए।

घाइते हुनेहरूमा बर्दियाको मधुवन नगरपालिका–१३ की ३९ वर्षीया पूजा थापा, मधुवन नगरपालिका–२ की ५० वर्षीया शान्ति थापा, गुलरिया नगरपालिका–४ का ६० वर्षीय हरिराम गुडिया, सुर्खेतको वीरेन्द्रनगर–११ बस्ने ६८ वर्षीय पुरीचन्द्र भट्टराई, दैलेख डुङगेश्वर गाउँपालिका–१ का २० वर्षीय गणेश थापा र बस चालक वीरेन्द्रनगर–९ का ४१ वर्षीय थमन राना रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

घाइतेहरूको प्रदेश अस्पताल कालागाउँ र माया नर्सिङ होममा उपचार भइरहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते