होमपेज > घट्यो काठमाडौंको न्यूनतम तापक्रम

घट्यो काठमाडौंको न्यूनतम तापक्रम

बिज्ञापन
बिज्ञापन

काठमाडौंको न्यूनतम तापक्रम आइतबारको तुलनामा केही घटेको छ।

बिज्ञापन

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको छ। आइतबार न्यूनतम तापक्रम १८.१ डिग्री सेल्सियस मापन भएको थियो।

बिज्ञापन

आइतबारको तुलनामा काठमाडौंको आकाशमा बादल केही कम भएका कारण तापक्रम पनि केही घटेको महाशाखाले जनाएको छ। आइतबारदेखि अधिकतम तापक्रम पनि घट्न थालेको छ।

केही दिनअघि काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस मापन भएकोमा आइतबार १८.४ डिग्री सेल्सियस मापन भएको थियो। आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।

बिज्ञापन

काठमाडौंको दिउँसो आंशिक बदली रही घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने मौसमविद् शान्ति कँडेलले बताइन्। ‘एक=दुई दिन यस्तै हुन्छ। पानी पर्ने सम्भावना चाहीँ छैन,’ उनले भनिन्।

-एक सातामा कति घटबढ भयो न्यूनतम तापक्रम?

एक साताअघि गत सोमबार काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो। त्यसपछि मंगलबार ४.४, मंगलबार ६ र बुधबार ६.६, बिहीबार ६.२, शुक्रबार ६.१ र शनिबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो।

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते