होमपेज > शनिदेवको दर्शन गर्दै पढ्नुहोस् आज शनिबारको राशिफल!

शनिदेवको दर्शन गर्दै पढ्नुहोस् आज शनिबारको राशिफल!

बिज्ञापन
बिज्ञापन

मेष

बिज्ञापन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) योजनाबद्ध तरिकाले कार्य गर्दा राम्रो लाभ रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी पाउनुहुनेछ। समाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

बिज्ञापन

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुका कुरामा आएर पारिवारिक मनमुटाव बढ्नेछन्। कार्यक्षेत्रमा हातलिएको कामलाई सफलतापूर्वक सम्पादन गर्नमा सफलता मिल्नेछ। वित्तीय वा सरकारी संस्थाबाट लाभ प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

बिज्ञापन

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। स्वास्थ्यको लागि व्यायाम र आहार विहारमा विशेष ध्यान दिनुहोला। पारिवारिक मामिलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा नयाँ लेनदेन व्यापार विस्तारको लागि सहायक बन्नेछ। आफ्नो भावनाहरूमा नियन्त्रण राख्नुहोस् अन्यथा विपरीत अर्थ लाग्नेछ। घरमा नयाँ आफन्तहरूको आगमनले मन प्रफुल्लित रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारी व्यापारमा लाभ रहनेछ। अरुको वादविवादमा आफू नपर्नुहोस्। कार्यक्षेत्रमा दिखावा गर्नदेखि बच्नुहोस्। पैसाको लेनदेनमा सावधानी राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अति आत्मविश्वासमा गलत निर्णय लिन सक्नुहुन्छ जानकारको सल्लाह लिनुहोस्। कानुनी मामिलाहरूमा सतर्क रहनुहोस्। व्यापारमा मनग्य लाभ हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा आकस्मिक लाभको अवसर मिल्नेछ। कार्यक्षेत्रमा ठूलो सफलता हात लाग्नेछ। सामाजिक कार्यमा घरपरिवारको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सन्तानको पठनपाठनमा धन खर्च हुनेछ। वकालतको क्षेत्रमा आफ्नो कुरालाई राख्नमा सफल रहनुहुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। गृहणीहरूको धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रचनात्मक क्षेत्रमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा अनुभवीहरूको साथ मिल्नाले कार्यमा निखार आउनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा आफ्नो अलग पहिचान बनाउनमा सफल रहनुहुनेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। विद्यार्थी वर्गहरूले मेहनत गर्दा अध्ययनमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्यार्थी वर्गहरू प्रतियोगी परीक्षाको परिणामलाई लिएर चिन्तित रहनुहुनेछ। व्यापार व्यवसायमा विरोधीहरूको जालसाजीलाई समयमै बुझ्नमा सफलता मिल्नेछ। नयाँ कार्य हात लाग्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रलाई बेवास्ता गर्दा राम्रा अवसरहरु गुमाउन सक्नुहुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। सामाजिक कार्यक्रमहरूमा नयाँ जिम्मेवारी मिल्नेछ। धर्मकर्ममा आस्था बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते