गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।
बिज्ञापन
मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको रहेका छन्। आक्रमणबाट घाइते भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
बिज्ञापन
भण्डारीलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो।








