सिमकोट बजारबाट दैनिक रूपमा निस्कने ढलको फोहोरले सिमकोट विमानस्थल भलैभल भएको छ। बजारबाट बग्ने ढलको फोहोरले सिमकोट विमानस्थल भलैभल देखिने गरेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिहंले बताए।
बिज्ञापन
उनले भने, ‘सिमकोट बजारक्षेत्रबाट निस्कने ढल, प्लास्टिक जन्यवस्तु, खाद्य वस्तुका कारण सिमकोट विमानस्थललाई समस्यामा पारेको छ। हामीलाई फोहोर सफा गर्दागर्दै हैरान बनाएको छ।’ विमानस्थलका प्रमुख सिंहका अनुसार बजारको फोहोर पहिला जेसीबीरस्काभेटरबाट सरसफाइ गरे पनि दैनिक बजारबाट बगेर आउने फोहोरले सास्ती दिने गरेको छ।
बिज्ञापन
‘स्थानीय तहले बजारका ढलमा जाली हालेको छैन,’ उनले भने, ‘ जाली हालेको भएपनि प्लास्टिक जन्यवस्तु रोकिन्थयो। तर, जाली नहालेका कारण बजारका फोहोर सिधैं विमानस्थलसम्म आइदिन् । यसले विमानस्थल थप मारमा छ।’ विमानस्थलका प्रमुखले ढलले हैरानी दिएको गुनासो गरेपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले विमानस्थल अनुगमन गरेको बताए।
उनले भने, ‘ढलले समस्यामा पारेको भनेर गुनासो सुनेपछि मैले विमानस्थल अनुगमन गरे। त्यहाँ त साच्चै फोहोरको समस्या रहेछ।’
बिज्ञापन








