होमपेज > लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ

लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ

बिज्ञापन
बिज्ञापन

कैलाली कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। कैलालीबाट चार र कञ्चनपुरबाट दुई गरी ६ जना लागूऔषधसहित पक्राउ परेका हुन्।

बिज्ञापन

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका ७७ वर्षीय डबल कठायत ७९ ग्राम ५ सय मिलिग्राम चरेससहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले चरेससहित उनलाई घरबाटै नियन्त्रणमा लिएको हो। यस्तै भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट ७ ग्राम ६ सय ५० मिलिग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका–१८ का २१ वर्षीय मोहन बस्नेत पनि पक्राउ परेका छन्। इ

बिज्ञापन

लाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएकवो हो। यता कैलालीको धनगढी उपमहानगरपालिका–३ शिशा पोष्ट नजिकबाट १ ग्राम ३८० मिलिग्राम लागूऔषधसहित धनगढी–१३ का २० वर्षीय रमेश राना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट २३० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–३ का २९ वर्षीय गोबिन्दसिहं महरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो। यस्तै धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट नजिकबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीय प्रकाश घरेडी ३७ ट्याब्लेट नाईट्रापाम नामक लागूऔषधसहित पक्राउ परेका छन्।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। यस्तै गोदावरी नगरपालिका–५ मेडिकल कलेज नजिकबाट लागूऔषधसहित थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले गोदावरी–५ का ३३ वर्षीय ओकेन्द्र चौधरीलाई पक्राउ गरेको हो। चौधरीले नाकको दाहिने पट्टीको प्वाँलभित्र लुकाई राखेको १ ग्राम ३४० मिलीग्राम लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते