होमपेज > छ वर्षीया बालिकाको यौन दुर्व्यवहारपछि हत्या

छ वर्षीया बालिकाको यौन दुर्व्यवहारपछि हत्या

बिज्ञापन
बिज्ञापन

भारतको बेंगलुरुस्थित होयसाला नगरमा एक छ वर्षीया नेपाली बालिकालाई निर्माणाधीन भवन भित्र यौन दुर्व्यवहार र हत्या गरिएको समाचार छ। इन्डिया टुडेमा प्रकाशित समाचार अनुसार बेंगलुरु प्रहरीले उक्त अपराधमा बिहारका एक जनालाई पक्राउ गरेको हो।

बिज्ञापन

बाबुआमा नेपाली मूलको भएको र घटनास्थलमा सुरक्षा कर्मचारीको रूपमा काम गर्ने गरेको समाचारमा उल्लेख छ। सोमबार साँझ ७ः३० बजे बालिकाका अभिभावक काममा गएका बेला उक्त घटना भएको बताइएको छ। अभिषेक कुमार भनेर चिनिने अभियुक्त बिहारबाट आएका मजदुर थिए। बालिकालाई सुनसान क्षेत्रमा लगेर बलात्कार गरेपछि उनले हत्या गरेका थिए।

बिज्ञापन

स्थानीयले बालिकालाई फेला पारेर आरोपीलाई पक्राउ गरेपछि घटनाको खुलासा भएको हो। प्रहरीलाई जिम्मा दिनुअघि उनीहरुले अभियुक्तलाई कुटपिटसमेत गरेका थिए। प्रहरीका डीसीपी डी देवराजले अभियुक्त पक्राउ परेको पुष्टि गरेका छन्। राममूर्ति नगर प्रहरीले यौन अपराधबाट बालबालिकाको संरक्षण (पोक्सो) ऐन र भारतीय न्याय संहिता (बीएनएस) को सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरेको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते