होमपेज > कोरियाको हवाई भाडा, भ्याटसहित प्रतिटिकटको मूल्य ५४ हजार ९ सय ९१ रुपैयाँ

कोरियाको हवाई भाडा, भ्याटसहित प्रतिटिकटको मूल्य ५४ हजार ९ सय ९१ रुपैयाँ

बिज्ञापन
बिज्ञापन

ईपीएस मार्फत नेपालबाट दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा तोकिएको छ ।

बिज्ञापन

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले १३ कात्तिकमा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले स्वीकृतिका लागि छनोट गरिएको शाखाले जनाएको छ । बोलपत्र विजेता युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकामदार प्रतिटिकट ४८ हजार ६ सय ६५ रुपैयाँ रुपैयाँमा काठमाडौंदेखि सियोलसम्म उडान गर्ने छ । भ्याट जोड्दा प्रतिटिकट ५४ हजार ९ सय ९१ रुपैयाँ पर्ने शाखाले जनाएको छ ।

बिज्ञापन

यसअघि यस्तो भाडा दर प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो । भाडा अत्यधिक महँगो भएपछि यसको व्यापक विरोध भएको थियो । त्यसपछि सरकारले हवाई भाडा दर सस्तो गराउन बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्रमा सहभागी युनिभर्सल टुर्सले सबैभन्दा सस्तो दर प्रस्ताव गरेपछि छनोट भएको हो ।

शाखाका अनुसार ईपीएस मार्फत काम गर्न नेपालबाट कोरिया जानेका लागि ३ माघ २०८१ देखि एक वर्षका लागि युनिभर्सल टुर्सले उक्त दरमा एकतर्फी हवाई टिकट उपलब्ध गराउने छ । यसअघि यस्तो भाडा दर प्रतिटिकट १ लाख २३ हजार रुपैयाँसम्म पुगेको थियो ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते