रामेछापको मन्थलीमा टिपरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
बिज्ञापन
मन्थली नगरपालिका-१ भैसेश्वरस्थित सडकमा सुकाजोरबाट सालुतर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ९७६३ नम्बरको टिपरबाट खसेर सोही नगरपालिका-४ सालु अर्चले बस्ने ३२ वर्षीय नारायण बस्नेतको आइतबार दिउँसो मृत्यु भएको हो ।
बिज्ञापन
टिपरबाट खसेर गम्भीर घाइते भएका उनको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।








