काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मुलपानीमा दम्पत्तिमाथि गोली प्रहार भएको छ। गए राति साढे १० बजे अर्जुन श्रेष्ठ र शान्ति देवी श्रेष्ठमाथि गोली प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
बिज्ञापन
गोली प्रहारमा संलग्न खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर घएका ३७ वर्षीय साहिर शंकरलाई प्रहरीले पक्राउ गरेको छ। शंकरको साथबाट १ थान अटोमेटिक पेस्तोल र ९ राउन्ड गोली बरामद गरिएको छ।
बिज्ञापन
रिद्धिसिद्धि बसपार्क नजिकै श्रेष्ठ दम्पतीको घरमा प्रवेश गरेर आरोपीले गोली प्रहार गरेका हुन्। प्रतिकारको क्रममा शंकर पनि घाइते भएका छन्। तिनै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
पारिवारिक रिसिइबिका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी अधिकारीले जानकारी दिए।








