होमपेज > शुल्क बढाएको विरोधमा नेपाल ल क्याम्पसमा तालाबन्दी

शुल्क बढाएको विरोधमा नेपाल ल क्याम्पसमा तालाबन्दी

बिज्ञापन
बिज्ञापन

स्वतन्त्र विद्यार्थी युनियनसहित क्याम्पसमा आवद्ध विद्यार्थी संगठनहरुले नेपाल ल क्याम्पसमा तालाबन्दी गरेका छन् । नयाँ शैक्षिक शत्रबाट लागू हुनेगरी क्याम्पसले बीए.एलएलबीको भर्ना शुल्क बढाएको विरोधमा स्ववियू, नेविसंघ, अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

बिज्ञापन

नेपाल ल क्याम्पस, क्याम्पस प्रशासनले ८०८१ को बीए।एलएलबी भर्नाबाट शुल्क बृद्धि गरी ५ लाख, २३ हजार, ६ सय ५० रुपैयाँ तोकेको थियो । शैक्षिक सत्र २०८० सम्म ३ लाख ७६ हजार ६ सय १० रहेको शुल्क अस्वभाविक रुपमा शुल्क बृद्धि गरिएको भन्दै विद्यार्थी संगठनहरुले विरोधस्वरुप तालाबन्दी गरेका हुन् । विना कारण दुषित मनसाय राखी गरिएको शुल्क वृद्दि अवैज्ञानिक र अव्यवहारिक रहेको विद्यार्थी संगठनहरुले बताएका छन् । क्याम्पसले १० प्रतिशत छात्रवृत्तिको समेत सुनिश्चितता नगरेको उनीहरुको आरोप छ ।

बिज्ञापन

उनीहरुले शैक्षिक सत्र २०८० सालसम्म कायम गरिएको शैक्षिक शुल्कमै नियमित भर्ना प्रक्रिया सुचारु गर्नुपर्ने र सोहि बमोजिमको भर्ना सम्बन्धी सूचना प्रकाशित नगरुन्जेलसम्म सम्पुर्ण भर्ना प्रक्रिया रोक्नुपर्ने, त्रि।वि।छात्रवृत्ति र पुरस्कार तथा पदक सम्बन्धी कार्य निर्देशिका २०७१ बमोजिम छात्रवृत्तिको सुनिश्चितता गर्ने गरि स्पष्ट सूचना जारी गर्नुपर्ने माग अगाडि सारेका छन् । माग पुरा नहुँदासम्म तालाबन्दी जारी रहने बताइएको छ ।

त्रिवि कानुन संकाय डिन कार्यालयले सम्बन्धित क्याम्पसको आवश्यकताअनुसार शुल्क निर्धारण गर्न भन्दै खुल्ला छाडिदिएपछि नेपाल ल क्याम्पसले नयाँ शैक्षिक शत्रमा भर्ना हुने विद्यार्थीहरुको लागि एकैपटक १ लाख ४७ हजार ४० रुपैयाँ शुल्क बृद्धि गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते