होमपेज > स्थानीय र प्रहरीबीच झडप

स्थानीय र प्रहरीबीच झडप

बिज्ञापन
बिज्ञापन

बिभिन्न मागसहित लुम्बिनी विकास कोषको कार्यालयमा धर्ना दिन पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । प्रहरीले विरोध प्रदर्शनमा उत्रेका स्थानीय महिलाहरूमाथि बल प्रयोग गर्दा दोहोरो झडप भएको हो ।

बिज्ञापन

लुम्बिनी बचाउ महाअभियान र लुम्बिनी विकास कोष बिच यसअघि भएको १२ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले कोषको केन्द्रीय कार्यालय लुम्बिनीमा प्रदर्शन गरिरहँदा प्रहरीले बल प्रयोग गरेको हो । मायादेवी मन्दिर भित्र परम्परागत पूजापाठ गर्न पाउनुपर्ने, अदालतको आदेश विपरीत लगाइएको मायादेवी मन्दिर प्रवेश शुल्क खारेज गर्नुपर्ने, उत्खनन्काबेला प्राप्त मूर्ति र अस्तुधातु लगायतका सामाग्री खोजीगरी लुम्बिनीमै पुनर्स्थापित गर्नुपर्ने लगायतका माग सहित विरोध प्रदर्शन गरिरहेका स्थानीयलाई प्रहरीले धक्कामुक्की र लाठी समेत प्रहार गर्दै कार्यालय हाता बाहिर निकालेको थियो । प्रदर्शनकारी महिलाहरुलाई चोटपटक लागेपछि आक्रोशित स्थानीयले ढुंगामुढा समेत गरेका थिए ।

बिज्ञापन

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँनले कार्यालय घेराउ गर्न आएका महिलाहरूमाथि प्रहरीले दमन गरेको आरोप लगाए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले प्रहरीले कुनै किसिमको बल प्रयोग नगरेको बताए । कार्यालय भित्र रहेका भीडलाई नियन्त्रण गर्न सबैलाई बाहिर मात्र निकालिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते