बारामा शनिबार बिहान एक पुरुषको शव फेला परेको छ। जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–११ स्थित सडकखण्डको छेउमा शव फेला परेको बारा प्रहरीले जनाएको छ।
बिज्ञापन
अमाडार सडक खण्डको बाटोको साइडमा रोकी राखिएको कारभित्र पुरुषको शव फेला परेको बारा प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताए। उनका अनुसार शनिवार उक्त शव फेला परेको हो। टाउको पछाडि चोट लागेको जस्तो देखिएकोले हत्या गरिएको प्रहरीको अनुमान छ।
बिज्ञापन
एसपी खडकाले भने, ‘तर हत्या हो वा होइन त्यसबारे यकिन गर्नका लागि बरामद पोष्टमार्टम गराउँदै छौंं, त्यहाँबाट यसको विस्तृत विवरण खुल्नेछ। त्यसपछि हामी यसको बारेमा भन्नेछौं।’ यद्यपी, घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट ‘स्पेसल डग’ मगाउन लागिएको उनले बताए। उनले भने, ‘डगको मद्दतले हामी अनुसन्धानमा गर्छौ, उसबाट धेरै कुरा खुल्छ। त्यही भएर अहिले खुलेर हत्या वा के हो त्यो बारेमा बोल्न मिल्दैन।’
बागमती नम्बरको ०१–०२८–च–७६१६ नम्बरको कारबाट उक्त शव फेला परेको बारा प्रहरी प्रमुख खड्काले बताए। बरामद शव पोष्टमार्टमका लागि नजिकको अस्पतालमा लैजाने तयारी भइरहेको छ।
बिज्ञापन








