होमपेज > जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

बिज्ञापन
बिज्ञापन

सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिज्ञापन

बुधबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो। त्रिवि क्रिकेट मेदानमा जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ५८ रनको अर्धशतकीय पारी खेले। ५५ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।

बिज्ञापन

ब्रान्डन म्याकमुलेनले २५ रन बनाउँदा साइब जेबले ३२ रन बनाए। कप्तान दिपेन्द्र सिंह ऐरीले २० रनको योगदान गरे। जनकपुर बोल्ट्सका लागि ललितनारायण राजबंशी र किशोर महतोले १–१ विकेट लिए बनाए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। जनकपुरका लागि जिम्मी निसमले सर्वाधिक ४५ रन बनाए।

त्यस्तै शुब कंशकारले २६ रन बनाउँदा हर्श ठाकेर र लाहिरु मिलान्थाले १२–१२ रनको योगदान गरे। बलिङतर्फ सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। उलने ४ ओभर बलिङ गर्दै २९ रन खर्चे। त्यस्तै सेफ जैबले २ विकेट लिँदा अबिनाश बोहरा र स्कट कुग्लिङले १–१ विकेट हात पारे। आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको छ। पराजित जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ।

बिज्ञापन

आज नै भएको इलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली क्वालिफायरमा प्रवेश गरको थियो। कर्णाली र जनकपुरबीचको दोस्रो क्वालिफायर खेल बिहीबार १२:१५ बाट सुरु हुनेछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते