भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर–२ मा बुवाले चक्कु प्रहार गरेर छोराको हत्या गरेका छन्।
बिज्ञापन
गएराति घरायसी विवादमा अछामको कमलनगर नगरपालिका–६ घर भएर भक्तपुर बस्ने ६३ वर्षीय दीप बहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्र बहादुर शाहीलाई चक्कु प्रहार गरेका हुन्। ६३ वर्षीय दीप बहादुरले चक्कु प्रहार गर्दा नरेन्द्रको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए।
बिज्ञापन
हत्यामा संलग्न दीप बहादुरलाई प्रहरीले पक्राउ गरेको छ। घरायसी विवाद हुँदा उनले छोरालाई तरकारी काट्ने चक्कु प्रहार गरेका हुन्।








