होमपेज > आज पनि एनपीएलमा दुई खेल हुँदै

आज पनि एनपीएलमा दुई खेल हुँदै

बिज्ञापन
बिज्ञापन

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुने भएका छन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुने छ।

बिज्ञापन

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे सुरु हुने छ। आज हुने पहिलो खेलमा जनकपुरबाट अनिल शाहले नेतृत्व गर्नेछन् भने सुदूरपश्चिमको नेतृत्व दिपेन्द्रसिंह ऐरीले सम्हाल्ने छन्। लिगका चार खेलमा ३ मा जित र १ मा हार भोगेको सुदूरपश्चिम ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ। ४ खेल खेलेको जनकपुर अपराजित रहँदै ८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ।

बिज्ञापन

आज दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्। प्लेआफमा पुग्न दुवै टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ। आज हारे लुम्बिनी बाँकी खेलअघि नै समूह चरणबाटै बाहिरिनेछ। लुम्बिनीसँग खेल हारे काठमान्डुको पनि प्लेअफमा पुग्ने सम्भावना कमजोर बन्ने छ। एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते