नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कुनै पनि खेलको तालिका राखिएको छैन।
बिज्ञापन
एक सातादेखि खेल खेलिरहेका टोलीहरूलाई आरामका लागि आज खेल तालिका नराखिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। भोलि मंगलबार भने दुई खेल राखिएको छन्। जस अन्तर्गत बिहान नौ बजे चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन्।
बिज्ञापन
चार खेल खेलिसकेको चितवन तीन खेल जितेको छ भने चारै खेल खेलिसकेको लुम्बिनी खाता खोल्न समेत सकेको छैन। मंगलबार दिउँसो १ बजे शुरू हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन्।
कर्णाली याक्सले चार खेल खेल्दा दुई जित र पोखरा एभेन्जर्सले तीन खेलमा मा एक खेल जित्न सफल भएका छन्।
बिज्ञापन








