होमपेज > एक विद्यार्थीको निसासिएर मृत्यु

एक विद्यार्थीको निसासिएर मृत्यु

बिज्ञापन
बिज्ञापन

बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीको निसासिएर मृत्यु भएको छ । सुर्नया गाउँपालिका–५ धुलिधारगाउँका प्राविधिक धारतर्फ कक्षा ९ मा अध्ययनरत १४ वर्षीय अपिल विष्टको मृत्यु भएको पाटन नगरपालिका–९ का वडाध्यक्ष कालुसिंह भाटले बताए ।

बिज्ञापन

डेरामा बस्दै आएका विष्ट शुक्रबार राति खाना खाएपछि कोठामा सुत्न गएका थिए । एक्लै कोठामा बस्दै आएका उनले टिनको भाँडोमा आगोको कोइलासमेत लगेर गएकाले उनको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ । वडाध्यक्ष भाटले भने, ‘विष्ट राति कोठाको ढोका लगाएर सुतेका रहेछन् । कोठाभित्र एउटै झ्याल रहेको र त्यसमा पनि सिसा लगाएकोले उनको निसासिएरै मृत्यु भएको अनुमान गरेका छौं ।’

बिज्ञापन

कोठाको ढोका फोरेर विष्टलाई अचेत अवस्थामा फेला पारिएको थियो । तत्काल उपचारका लागि डडेलधुरा अस्पातल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको वडाध्यक्ष भाटले बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते