होमपेज > श्रीमान्‌को हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमान्‌को हत्या आरोपमा श्रीमती पक्राउ

बिज्ञापन
बिज्ञापन

श्रीमान्‌को हत्या आरोपमा ४३ वर्षीया महिला पक्राउ परेकी छिन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६, भुराकोटकी ४९ वर्षीय सियाराम रानाको हत्या गरेको आरोपमा उनकी श्रीमती ४३ वर्षीया जनककुमारी राना पक्राउ परेकी छिन्।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ साढे ७ बजेको समयमा सियारामको ट्वाइलेटमा लडेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर प्राप्त भएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले उक्त जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक भास्कर चन्दको नेतृत्वमा टोली खटाइएको जानकारी दिए।

बिज्ञापन

‘घटनास्थलमा पुग्दा मृतक लडेको भनिएको ठाउँमा नभई केही टाढा ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा भेटिएका थिए,’ डीएसपी जोशीले भने, ‘ट्वाइलेट र बाथरुम हेर्दा लडेको जस्तो देखिएको थिएन। मृतकको टाउकोमा काटिएको जस्तो चोट देखिएका थिए। प्रहरी मृत्यु नभएर हत्या भएको हो भन्ने निष्कर्षमा पुगिसकेको थियो।’ डीएसपी जोशीका अनुसार ठाउँ(ठाउँमा रगत पनि भेटिएपछि उनकी श्रीमती जनककुमारीलाई सोधपुछ गरिएको थियो। ‘सोधपुछका क्रममा जनककुमारीले श्रीमान्–श्रीमतीबीच बिहान झगडा भएको र दिउँसो श्रीमान् सुतेको अवस्थामा इट्टाले टाउकोमा हानेर घटना आफूले गरेको भन्दै स्वीकार गरेकी छिन्,’ डीएसपी जोशीले भने।

उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरिएको डीएसपी जोशीले बताए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते