होमपेज > १३ वर्षीय बालकले ८२ वर्षीया हजुरआमाको गरे हत्या

१३ वर्षीय बालकले ८२ वर्षीया हजुरआमाको गरे हत्या

बिज्ञापन
बिज्ञापन

१३ वर्षीय बालकले ८२ वर्षीया वृद्धाको हत्या गरेका छन् । घटना ओखलढुंगाको हो । बालकले खिजीदेम्बा गाउँपालिका-६ की ठगमाया सुनुवारको हत्या भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार ठगमाया मंसिर ६ गते आफ्नै भान्सा कोठामा मृत फेला परेकी थिइन् । त्यसपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा हत्यामा ठगमायाकै नाति नाता पर्ने १३ वर्षीय बालकको संलग्नता पुष्टि भएको प्रहरीको भनाइ छ । वृद्धाले मादक पदार्थ सेवन गरेर अपशब्द बोल्दै गाली गरेपछि बालकले फलामको ढुंग्रोले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता दाहालले बताए ।

बिज्ञापन

सधैं बिना कारण गाली गर्ने र पिट्ने गरेको भन्दै सहन नसकेर ढुंग्रोले हानेको बालकले प्रहरीसमक्ष बताएका छन् । ढुंग्रोले ३ पटक प्रहार गरेपछि वृद्धा ढलेको उनले बताएका छन् । ती बालकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते